विराटनगर : उदयपुरमा दुई बालिकालाई बलात्कार गरेका आरोपमा दुईजना पक्राउ परेका छन् । १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका–१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका–४, बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।