Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरको रुपाटारमा शिक्षकद्वारा झुन्डिएर आत्महत्या



रुपाटार : उदयपुरको ताप्ली गाउँपालिकामा एक शिक्षकले झुन्डिएर आत्महत्या गरेका छन् । उदयपुर प्रहरीका अनुसार रुपाटार घर भएका देवेन्द्र थापाले झुन्डिएर आत्महत्या गरेका हुन् ।

आइतबार बिहान स्थानीयले उनको शव घर नजिकै झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनी महेन्द्र माध्यमिक विद्यालय रुपाटारमा सामाजिक शिक्षकका रुपमा कार्यरत थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि कटारी लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार