Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

थाहा पाउनुस् आजकाे माैसम



विराटनगर ।  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजकाे माैसम आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेकाे माैसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएकाे छ । आज राति पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाइएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार