Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले अध्यक्ष ओलीमाथि ढुंगामुढा प्रहार गर्ने एक जना पक्राउ



विराटनगर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताए।

बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले उनीमाथि आक्रमणको प्रयास गरेको प्रवक्ता रिजालको भनाइ छ।

कडा सुरक्षा घेराबीचमा कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली इलाम गइसकेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार