Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको कन्चनबारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



पैदलयात्रुलाई ठक्कर दिएको ट्रक । तस्बिर : पूर्वेलीप्रेस

विराटनगर : विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान विराटनगर महानगरपालिका–४ कन्चनबारीमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा ५५/६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनील श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले बाटो क्रम गर्दैैगर्दा ठक्कर दिएको थियो । प्रहरीका अनुसार उनको शव उठाएर पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको छ ।

प्रहरीले ट्रक र चालक मोरङको रंगेलीका सुनील सरदारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार