Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कविता – काँडाहरु !



गणेश उप्रेती ‘शुशिल’
  •  शशीकिरण

काँडाको प्रशंशा हुन्न ।
काँडाकोलागी,
कतै मधुर संगीत हुन्न ।
दुख्ने, घोच्ने र छुच्चोपनाको ,
एउटा भाष्य मात्र ।

त्यो कोमल गुलाब !
वाह! कति प्यारो मधुर गीत ।
गुलाबको रक्षार्थ ऊ,
पहिल्यै जन्मन्छ बोटसङै ,
सयौं गुलाब फेरेर मर्छ बोटसङै ।
गुलाबहरु आउछन् , जान्छन्
र थाक्छन ।
काँडा सधै स्थीर ।

गुलाब चिथोर्ने पापी हाथहरु ,
दुखाउछ काँडा !
धिक्कार र घृणा सहेर ,
गुलाब फकृन्जेल निदाउदैन ,
हिलो पानी र घामको रापमा !
पाहुना आउने गुलाब!
काँडा चिन्दैन फर्किन्छ र ओइलिन्छ ।

काँडा फेरि अर्को गुलाब फुलाउन ,
अपहेलनाको कथा बोकेर ,
बोट्सङै पर्खिन्छ ।
कथाको नायक सधैं गुलाब ,
काँडासधै खलनायक !
कसैले कहिल्यै सोधेन ,
काँडा नभए ,
गुलाब हुन्छ कि हुदैन ??

(उप्रेती कोशी प्रदेशका प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव हुन् ।)

प्रतिक्रिया
सम्बन्धित समाचार