बायाँबाट क्रमशः तीर्थराज भट्टराई र वीरेन्दख्र यादव
विराटनगर : मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई गृह मन्त्रालय तानिएका छन् । २०७९ माघ १३ गतेबाट मोरङको सिडियो रहेका भट्टराईलाई राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएको भन्दै छानबिनका लागि गृहमन्त्रालय तानिएका हुन् ।
राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिने निर्णयमा संलग्न तत्कालीन विभागका महानिर्देशक भट्टराईसहित विभागका सूचना प्रविधि शाखा प्रमुखसमेत रहेका निर्देशक मुकेश रेग्मीलाई उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय तानेका हुन् ।
भट्टराईको सरुवा भएपछि गृह मन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीमा वीरेन्द्र कुमार यादवलाई पठाएको छ । यादव यसअघि संखुवासभाको प्रमुख जिल्ला अधिकारी थिए ।