Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेमुवामा बेबारीसे अवस्थामा लागुऔषध गाँजा बरामद



File Photo

विराटनगर : मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर ४ मा सार्वजनिक यात्रु बाहक बसबाट प्रहरीले बेबारीसे अवस्थामा रहेको गाँजा फेला पारेको छ ।

सोमबार ईलाका प्रहरी कार्यालय नेमुवाको गेट अगाडीबाट सोही कार्यालयको प्रहरी टोलीले कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को १ ख ५४३६ नम्बरको बस चेकजाँच गर्ने क्रममा बेबारिसे अवस्थामा सिट मुनी लुकाई छिपाई राखिएको गाँजा फेला पारेको हो ।

उक्त बसबाट प्रहरीले ६ केजि २०० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार