Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु



विराटनगर : मोरङको उर्लावारी नगरपालिका ७ आइतवारेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आइतवार बिहान स्थानीय भानु मार्गको भित्री सडक खण्डमा गुडीरहेको ना ८ ख ४५२५ नम्बरको टिपरको डालाले बिद्युतको मेन लाईनलाई छुँदा टिपरमा करेन्ट लाग्दा चालक घाइते भएका थिए ।

घाइते भएका चालक उर्लावारी नगरपालिका ५ का ३८ वर्षीय खड्ग बहादुर बि.क. को उपचारको क्रममा अरनिको अस्पताल मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार