Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, १०६ जनामा संक्रमण



विराटनगर : नेपालमा थप १०६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड-१९ संक्रमण पोजेटिभ देखिएको हो ।

आज थप १ को मृत्यु भएको छ । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४६ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९० हजार ९७ पुगेको छ ।

नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ४१४ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार