Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईका तीन स्थानमा सामुदायिक भवन बन्ने



विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा तीनवटा सामुदायिक भवन बन्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत रतुवामाईमा तीन वटा सामुदायिक भवन बन्ने भएको हो ।

रतुवामाई १ मा कल्याणपुर सामुदायिक भवन, रतुवामाई ८ मा इटहरा सामुदायिक भवन र ५ नम्बर वडामा नव दुर्गा सामुदायिक भवन बन्ने नेकपा माओवादी केन्द्रमा नगर इन्चार्ज सुमन कालिकोटेले जानकारी दिए ।

असार मसान्तसम्म निर्माण सम्पन्न हुने यी सामुदायिक भवनको लागत २५/२५ लाख रहेको छ ।

उनका अनुसार यस क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित गणेश उप्रेती (शुसिल) को पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बजेट बिनियोजन गरेका हुन् ।

प्रदेशसभामा निर्वाचित भएका उप्रेती पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रको विकासमा सक्रिय भएका छन् । उनको पहलमा रतुवामाईमा संघीय र प्रदेश सरकारबाट थुप्रै योजनामा बजेट विनियोजन भएको बताइएको छ ।

तस्बिर : सांकेतिक

प्रतिक्रिया
सम्बन्धित समाचार