Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी खारेजीको आन्दोलनका लागि घंगरुको लौरो संकलन गर्दै पहिचानवादी



विराटनगर : कोशी प्रदेशको नामकरण खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीहरुले अर्को चरणको आन्दोलन सुरु गर्ने भएका छन् । आन्दोलनलाई सशक्त बनाउन उनीहरुले घंगरुको लौरो संकलन अभियानसमेत सुरु गरेका छन् ।

आन्दोलनलाई सशक्त बनाउन प्रदेशका १४ वटै जिल्लामा संयुक्त आन्दोलन संघर्ष समिति गठन भएको बताइएको छ । उक्त समितिले पहाडी जिल्लामा उत्पादन हुने घंगरुको लौरो संकलन गरेको हो ।

स्रोतका अनुसार हाल धनकुटा, तेह्रचुम, इलाम लगायतका पहाडी जिल्लाबाट घंगरुको लौरो संकलन भइरहेको छ । नामकरणविरुद्ध आन्दोलन गरिरहेका एक पहिचानवादी नेताका अनुसार प्रहरीले बल प्रयोग गरेका खण्डमा घंगरुको लौरो लिएर प्रतिकारमा उत्रनका लागि लौरो संकलन गरिएको छ ।

यता प्रहरी प्रशासनले पनि आन्दोलनबाट हुन सक्ने क्षतिको मध्यनजर गर्दै प्रदेशका १४ वटै जिल्लामा पर्याप्त प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार