Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जग्गाको कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं : सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोकिएको जग्गा  कित्ताकाट खुलाउने निर्णय गरेको हो।

प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै भू-उपयोग नियमावली २०७९ लाई संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरेको जानकारी दिइन् ।

सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै उनले नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन् । उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताइन् ।

‘भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो,’ मन्त्री शर्माले भनिन्, ‘त्यसलाई सहज बनाउनको लागि मन्त्रीपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार