विराटनगर : नेपालमा नयाँ वर्षको सुरुवातीसँग निरन्तर तापक्रम बढ्दै गएको छ । कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार हाल देशभरका १२ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि छ ।
महाशाखाको पछिल्लो विवरणानुसार कोशी प्रदेशको राजधानी विराटनगरको तापक्रम ३७.२ डिग्री सेल्सियस छ । दमकको ३५, इटहरीको ३२, गाइघाटको ३६ डिग्री सेल्सियस रहेको छ । धनकुटाको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस छ ।
यस्तै ओखलढुंगाको २७ डिग्री हुँदा ताप्लेजुङको अधिकतम तापक्रम २६.४ डिग्री सेल्सियस रहेको छ ।