रवि लामिछानेका गाडी चालक गएराति सुतेको घर ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन्।
सिन्धुपाल्चोक घर भएका थापा (३९) चितवनकाे भरतपुरमा रहेको घरको तीन तलाबाट खसेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका चालक थापाकाे टाउको र खुट्टामा गम्भीर चोट लागेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले बताएका छन्। उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ।
रास्वपाका एक सांसदले बताएअनुसार सभापति लामिछानेका सवारी चालक थापा महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै छतमा सुतेका थिए।