विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा गएको आर्थिक वर्ष २०७८/०७९ मा सेनिटरी प्याड खरिदमा पनि बेरुजु भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन मार्फत याे विवरण बाहिरिएको हो ।
नगरपालिकाले कक्षा (६-१२) सम्म अध्ययरत सबै छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड दिने व्यवस्था रहेको छ ।
कार्यालयले Mechi Model Technical Academy and Consultancy Pvt.Ltd. बाट 26697 प्याकेट रु.61.5 (भ्याट सहित) का दरले जम्मा रु. १४ लाख ९९ हजार ७०२ रुपैयाँमा खरिद गरेको छ । उक्त सेनिटरी प्याड लेखापरीक्षणको अवधिसम्म पनि वितरण नभएको पाएपछि बेरुजु देखिएको हो ।
यसरी वितरण नगरी मौज्दातमा नै राखेको पाइएकोले आर्थिकवर्ष २०७८/७९ को कार्यक्रम समेत दोहोरिन सक्ने भएकोले यसको यथासिघ्र अनुगमन गरी दोहोरो कार्यक्रलाई हटाउनु पर्ने र मौज्दातमा रहेको सेनिटरी प्याडलाई वितरण गरी भरपाई पेश गर्न मलेपले निर्देशन दिएको छ ।