विराटनगर : धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राईले आगामी बजेटमा कोशीको पानी ल्याउने ‘प्रोजेक्ट’ नल्याए सांसदहरुको लागि धरान निषेध गर्ने चेतावनी दिएका छन्। मेयर साम्पाङ सांसदहरुलाई फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्।
‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्युहरुलाई धरानमा निषेध गरिनेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘तल तीनकुनेमै बोर्ड राखिनेछ, फोटोसहितको। ख्याल नठान्नु होला।’
साम्पाङले धरानको मेयर बनेसँगै कोशीको पानी धरानमा ल्याउने अभियानको सुरुवात गरेका थिए। उनले श्रमदानबाटै उक्त परियोजनाको धेरै काम सकेका छन्।