Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यस्तो देखियो सुनवर्षी मेला (तस्बिरहरू)


  • Purbeli Press
  • शुक्रबार, बैशाख १ २०८०

विराटनगर : मोरङको रतुवामाई नगरपालिका- ५ गोविन्दपुरस्थित राजा सुनवर्षीको थानमा पुजा अर्चाना गरी सिरुवा मेला सम्पन्न भएको छ ।

तराईका आदिवासी समुदायले ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवता सुनवर्षी महाराजको ग्रामथानमा फूलको घोडा चढाई पूजाआजा गरी मेला भर्ने प्रचलन रहेको छ।

धार्मिक पर्यटनका रुपमा रहेको यो क्षेत्रमा सिरुवा वर्षको अवसरमा प्रत्येक वर्ष आजकै दिन सुनवर्षी महाराजको थानमा मेला लाग्ने गर्दछ।

मेला भर्न एवंम सुनवर्षी महाराजको ग्रामथानमा पुजा अर्चाना गर्न पूर्वी तराईको झापा र मोरङ र सुनसरी र दक्षिणी भारतकासमेत मानिसहरु आउने गर्दछन।

सुनवर्षी महारजाको ग्राम थानमा पुजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

५० वर्ष अघि सो स्थानमा मेला लाग्दा पोखरीमा रहेको गोहीले मेलामा आउने भक्तजनहरुलाई भाडा कुडा दिने गरेको जनश्रुति रहेको पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार