Symbolic Photo
विराटनगर : उदयपुरको ताप्ली गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । बुधबार राति ताप्लि गाउँपालिका- ५ रुपाटारस्थित शाहीडाँडामा आगलागी हुँदा शुभशेर राई र कमलशेर राईको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट २८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार आगालागीबाट शुभशेरको घर, गाईगोठमा रहेका दुईवटा गोरु, तीनवटा गाई, नौंवटा बाख्रापाठा, अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी १५ लाखको क्षति भएको छ ।
त्यसैगरी आगलागीबाट कमलसेरको घर,दुईवटा गोरु,दुईवटा गाई,छवटा बाख्रापाठा,सुँगुर ५ वटा र अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी १३ लाखको क्षति पुगेको उनले बताए । झण्डै दुई घण्टापछि स्थानीय र प्रहरीको प्रयासबाट आगो नियन्त्रणमा आएको थियो। आगलागीबारे एकीन भएको छैन।