काठमाडौं : नेपालमा थप १ सय २४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय २४ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा २९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । पछिल्ला केही दिनयता कोभिड–१९ को सबभेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण देखिएसँगै संक्रमित संख्या बढ्दैं गएको छ ।
सोमबारसम्म नेपालमा ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।