Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गाईघाटमा ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको घटनास्थलमै मृत्यु



तस्बिर : नेपाल प्रहरी

विराटनगर : उदयपुरको सदरमुकाम गाईघाटमा एकाबिहानै ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मदन भण्डारी स्मृति लोकमार्गको गाईघाट बजारको मुख्यचौकमा दुर्घटना हुँदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका १४ का ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो ।

काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे. १ ख. २१८४ नम्बरको ट्रकले प्रदेश नं. १–०५–००१ प. ६१५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

दुर्घटना लगत्तै प्रहरीले ट्रक चालक झापा कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्र राजवंशी र ट्रक नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार