विराटनगर : विराटनगरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति विराटनगर ४ स्थित आयल निगम अगाडि दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका– ४ का ४५ वर्षीय शिवकुमार गुरुङको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको बा १–०२५ च ५४४६ नम्बरको कारले प्र १–०२–०४०प ३२३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुरुङ गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परी घाइते भएको उनको उपचारका क्रममा विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक भने फरार छन् । उनको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।