Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट काठमाडौं आइरहेको जहाजभित्र आकाशमै दुई यात्रुले झगडा गरेपछि…….



विराटनगर : विराटनगरबाट काठमाडौं आइरहेको जहाजभित्र आकाशमै दुई जना यात्रुले झगडा गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

बुधबार विराटनगरबाट उडेको बुद्ध एयरको जहाजमा दुई जना यात्रुले झगडा गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

सँगैको सिटमा बसेका दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठले जहाजमा झगडा गरेपछि प्राधिकरणले नियन्त्रणमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई बुझाएको थियो।

प्रहरी स्रोतका अनुसार उनीहरु चिनजानका मान्छे हुन् । उनीहरुमाथि प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार