Symbolic Photo
विराटनगर : विराटनगरको एक मल गोदाममा आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ । बुधबार राति विराटनगर – ८ हाटखोलास्थित आरके मलको गोदाममा आगलागी हुँदा एक करोड बढीको क्षति भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालका अनुसारआगलागी भएको एक घण्टापछि नियन्त्रणमा आएको छ । विराटनगर महानगरपालिकाको दुई वटा दमकल, नेपाली सेना, सशस्त्र र जनपद प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको उनले बताए ।
विद्यृत् सर्ट भएर आगलागी भएको र आगलागीबाट एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।