विराटनगर : लागूऔषध ओसारपसार गर्ने दुई समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । नेपाल–भारत सीमा क्षेत्र अन्तरगत विराटनगरसँग सीमा जोडिएको भारतको जोगवनीस्थित टिकुलिया बस्तीमा सोमबार गोली हानाहान हुँदा गोली लागेर एक युवक घाइते भएका हुन् ।
उनीहरुबीच सुरुमा सामान्य विवाद भएको थियो । विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसरा गोली लागेर स्थानीय २० वर्षीय अंकित सिंह घाइते भएका छन् । मुखमा गोली लागपछि उनको विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार जोगवनीबाट लागूऔषध नेपाल ल्याउंने र नेपालबाट गाजा लैजाने समूहबीच बिबाद भएको हो। उनीहरूबीच नेपालतर्फ ल्याउने लागूऔषधकै विषयमा बिबाद भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले यस घटनाको अनुसन्धान भइरहेको बताएको छ । त्यस्तै, भारतीय प्रहरीले पनि गोली हान्ने ब्यक्तिको खोजी गरिरहेको जनाएको छ ।