Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा एउटै रुखमा झुन्डिएको अवस्थामा प्रेमि-प्रेमिकाको शव फेला



विराटनगर : मोरङको रंगेली नगरपालिका–२ खोरिया टोलमा प्रेमि– प्रेमिकाको शव झुन्डिएको अवस्थामा फेला परेको छ।

रंगेली नगरपालिका २ खोरियाटोल घरका भएका १८ वर्षीया सन्जय उराउ र बेलबारी नगरपालिका २ थापा टोलकी १७ वर्षीया ललिता उराउ लिचीको बोटमा झुण्डिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्का जानकारी दिए।

स्थानीय इश्वरी कृषी फर्मको लिची बगानमामा झुन्डिएको अवस्थमा उनीहरुको शव भेटिएको हो। प्रहरीका अनुसार मृतक ललिता र सन्जय प्रेमि– प्रेमिका हुन्।

ललिता एक महिना अगाडि सन्जयको घरमा आएर बस्दै आएकी थिइन्। लिचीको बोटमा झुन्डिएको अवस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार