विराटनगर : पछिल्लो तीन दिनमा नेपालमा ४२ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्ला तीन दिनमा ४२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १७ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् ।
यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ८२ पुगेको छ । निकै घटिसकेको सक्रिय संक्रमितको संख्या बढेर बिहीबारसम्म १२३ पुगेको छ ।