Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निजगढ विमानस्थल रोक्ने फैसला पुनरावलोकन गर्न सर्वोच्चलाई प्रचण्डकाे आग्रह



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निमाण रोक्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभामा शनिबार सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले यो फैसला सर्वोच्चले पुनरावलोकन गर्नुपर्ने बताएका हुन ।
उनले फैसला अनौठो र दुखद भनी टिप्पणी गरेका छन् । सर्वोच्चको फैसला आकस्मिक रुपमा आएको भन्दै उनले जंगल नै नभएको ठाउँमा जंगल भएको दावी गरिएको र सोही आधारमा फैसला भएको टिप्पणी गरे ।
‘अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कयौ वर्षदेखि मेहनत गर्यौं, अर्बौ खर्च पनि भयो, अहिले बडो आकस्मिक लाग्ने गरी सर्वोच्चबाट त्यहाँ गर्न हुँदैन भन्ने फैसला आयो यो बडो अनौठो पनि र दुखद पनि लाग्यो ।’
उनले पर्यावरण अध्ययन गर्ने टिमलाई अध्ययन गर्न लगाएर फैसला पुनरावलोकनतिर जानुपर्ने बताए । ‘मेरो सुझाव के छ भने पर्यावरण अध्ययन गर्ने टिम बनाएर पर्यावरणको अध्ययन गरीकन यसलाई पुनरावलोकन गर्ने सम्भावनातिर अदालतको ध्यान जाओस्’ प्रचण्डले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार