Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पहिचानवादी समूहद्वारा उर्लाबारीमा तालाबन्दी



विराटनगर : कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन् । आन्दोलनकारीहरुले नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी गरेका हुन् ।

नगरपालिकाका अन्य वडा कार्यालयहरुमा पनि उनीहरुले तालाबन्दी गरेको नगरप्रमुख गंगा खरेलले जानकारी दिए ।

यस्तै प्रहरी स्रोतका अनुसार आन्दोलनकारीहरुले उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणी पौड्यालमाथि हातपातको प्रायस भएको छ ।

आन्दोलनकारीहरुले पदम लिम्बू लाजेहाडलाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय तहमा तालाबन्दी गरेका छन् ।

यस्तै संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरिका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यस अघि नै गरेको थियो । संघर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार