Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा मोटरसाइकल र टिप्पर एक आपासमा ठोक्किँदा दुईजना घाइते



विराटनगर : विराटनगरमा मोटरसाइकल र टिपर एक आपासमा ठोक्किँदा दुई जना घाइते भएका छन् । विराटनगर–४ स्थित आयल निगम अगाडि मोटरसाइकलले टिप्परलाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन् ।

दुर्घटानमा परी मोटरसाइकल चालक विराटनगर–५ का २१ वर्षीय प्रतापबहादुर थापा र मोटरसाइकल सवार बुढीगंगाकी १९ वर्षीया निशा न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

बाटो काट्दै गरेको टिपरलाई दक्षिणबाट उत्तरतर्फ आइरहेको को २७ प ६६९ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाइते भएका दुवै जनाको कञ्चनबारीस्थित आर्या न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार