Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वेलीप्रेस समाचार प्रभाव : प्रदेश प्रशिक्षण प्रतिष्ठानमा नयाँ निर्देशक तोकिए



विराटनगर : झापाको कलबलगुरीमा रहेको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक फेरिएका छन् । सोमबार बसेको कोशी प्रदेशको मन्त्रिपरीषद बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रदेशसचिव कृष्ण सापकोटालाई निर्देशकको जिम्मेवारी दिएको छ ।

यसअघिका निर्देशक विष्णकुमार कार्कले पदावधी सकिएपनि त्यहि पदमा रहेर काम गरिरहेका थिए । त्यस विषयमा पूर्वेलीप्रेसले ‘जागिर गयो तर पनि गाडी सुविधासहित हाकिमकै रुपमा काम गर्दै प्रदेशका निर्देशक‘ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

तत्काली मुख्यमन्त्री राजेन्द्र राईले कार्कीलाई प्रतिष्ठानको निर्देशकमा २०७८ साल चैत २१ गते नियुक्त गरेका थिए । २०७९ साल फाल्गुन २६ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पदावधी सकिएको जानकारी दिँदै पत्र लेख्दा पनि उनले कार्यालयमा निर्देशककै भूमिकामा सेवासूविधा उपभोग गरी काम गरिरहेको पाएपछि हामीले समाचार तयार पारेका थियौँ ।

कार्कीलाई उमेरहदका कारण कानुनत उक्त पदमा बस्न नमिल्ने पत्र मुख्यमन्त्री कार्यालयले दिँदा पनि उनले त्यसको अवज्ञा गर्दै आइरहेका थिए ।

यस्तै आजको बैठकले पर्यटन, वन वातावरण मन्त्रालयले पेश गरेको प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ संसोधन विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री भक्तिप्रसाद सिटौलाका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गर्ने निर्णय भएको छ ।

कोशी प्रदेश नामकरणका विषयमा चैत्र ५ गते विराटनगरमा भएको विरोध कार्यक्रममा सहभाागि भएका पदम लिम्बु (लाजेहाङ) को परिवारलाई तत्काल राहत स्वरुप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै नामकरण विवादका विषयमा संघीय सरकारले गठन गरेको छानबिन समितिलाई प्रदेश सरकारले सहजीकरण गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार