Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जागिर गयो तर पनि गाडी सुविधासहित हाकिमकै रुपमा काम गर्दै प्रदेशका निर्देशक



विराटनगर : कोशी प्रदेश सरकारअन्तरगत झापामा रहेको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक विष्णकुमार कार्की पदावधी सकिएपनि त्यहि पदमा रहेर काम गरिरहेका छन् । २०७८ साल चैत २१ गते नियुक्त भएका कार्कीलाई २०७९ साल फाल्गुन २६ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पदावधी सकिएको जानकारी दिँदै पत्र लेख्दा पनि उनी भने कार्यालय गइरहेका छन् ।

उनले पेश गरेको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०१९ साल उल्लेख भएको र प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्थ ागर्नब नेको ऐन २०७९ को दफा ५ अनुसार उनको पद सकिएको जानकारी मुख्यमन्त्री कार्यालयका सचिव कृष्ण प्रसाद सापकोटाले दिएका छन् ।

नियुक्त हुँदा पेश गरेको नागरिकतामा ६० वर्ष पुगेको र २०७९ साल मंसिर २४ मा नै साठी वर्ष पुगेको उल्लेख गर्दै त्यहाँ यता कानुनत बस्न नमिल्ने पत्र सापकोटाको हस्ताक्षरमा दिइएको छ ।

उनी अहिले पनि प्रतिष्ठानले उपलब्ध गराएको क्वाटर, गाडी लिएर सुविधा उपयोग गरिरहेका छन् । आइतबार पनि उनी कार्यालयमा हाजिर थिए । सामेबार पनि कार्यालय पुगिसकेका छन् ।

कार्कीले अहिलेसम्म त्यहाँ सरकारले दिने र लिन सक्ने सबैखाले सुविधा लिइरहेको प्रतिष्ठानका एक कर्मचारीले जानकारी दिए ।

प्रतिष्ठानका सूचना अधिकारी जयनारायाण अधिकारीले चिठ्ठी आएपछि मुख्यमन्त्री कार्यालयमा गएर आफूलाई मौखिक आश्वसन आएको छ भन्ने जानकारी दिएको आधारमा कार्यालयमा रहनुभएको बताए । उनले भने, ‘म काम गर्छु भनेर बसिरहनु भएको छ , अब हामी पनि अन्योलमा छौँ, के गर्ने भनेर ।’

विष्णु कुमार कार्कीले भने पटकपटक फोन सम्पर्क गर्दा पनि फोन उठाएनन् ।

को हुन कार्की ?
अवकास प्राप्त निजामति कर्मचारी कार्की निजामती सेवामा रहँदा एमाले नजिक भएर काम गरेका कर्मचारी हुन् । उनी एमालेको सहयोगमा प्रमुख जिल्ला अधिकारी भएर विभिन्न जिल्लामा काम गरेका पूर्व कर्मचारी हुन् ।

उनी अवकास प्राप्त भएपछि विभिन्न अवसर खोज्दै र मिलाउँदै आउँदा गत वर्ष प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रतिष्ठानमा नियुक्ति गरेका थिए ।

प्रतिष्ठान प्रदेश सरकारको राम्रो बजेट भएको संस्था हो । यसमा विभिन्न दातृ संसथाको सहयोगसमेत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार