Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशको एक्लो महानगर विराटनगरमा २९ हजार मात्र जनसंख्या वृद्धि



विराटनगर : राष्ट्रिय जनगणना २०७८ का अनुसार कोशी प्रदेशको राजधानी र प्रदेशको एकमात्र महानगर विराटनगर महानगरपालिकामा १० वर्षको अवधिमा १.२३ प्रतिशतले जनसंख्या वृद्धि भएको छ ।

हाल विराटनगरको जनसंख्या २ लाख ४३ हजार ९२७ रहेको छ । २०६८ को तथ्याङ्क अनुसार विराटनगरको जनसंख्या २ लाख १४ हजार ६६३ रहेको थियो । जुन हालको जनसंख्याभन्दा २९ हजार २६४ कम हो ।

विराटनगरमा पुरुषको संख्या १ लाख २१ हजार ९५४ र महिलाको संख्या १ लाख २१ हजार ९७३ रहेको छ ।

५३ हजार ९१९ परिवार रहेको विराटनगर महानगरपालिकामा ८३.६१ प्रतिशत साक्षरता रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार