Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राहदानी विभाग आइतबार पनि खुल्ने



काठमाडौं । राहदानी विभाग आइतबार पनि खुल्ने भएको छ । सरकारले साप्ताहिक विदा घोषणा गरेपनि सेवाग्राहीको उच्च्च चापका कारण विभागले जेठ १५ देखि आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको हो ।
विद्युतीय राहदानी सहज रुपमा उपलव्ध गराउने नेपाल सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जानकारी दिएको छ । १५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार