विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशी र अन्डर १९ का खेलाडी दिपेश कँडेललाई कोशी प्रदेश सरकारले जनही १ लाख ११ हजार १११ रुपैयाँ दिने भएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ मा ११ खेल जितेर क्वालिफायरमा नेपाली टोली छनोट हुंदा राजवंशीले महत्वपूर्ण योगदान गरेको र यु–१९ टिमलाई पनि क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै महानगरपालिकाले सम्मान गर्ने निर्णय गरेको हो ।
अण्डर– १९ टोलीलाई विश्वकप छनोटमा पुर्याउन कँडेलले ह्याट्रिक गरेका थिए । उनीहरु दुवै जना कोशी प्रदेशको राजधानी विराटनगरका बासिन्दा हुन् ।
सोमबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
उनीहरुलाई यसअघि विराटनगर महानगरपालिकाले पनि नगदसहित सम्मान गर्ने निर्णय गरिसकेको छ ।