विराटनगर : कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित विराटनगमा आज भएको प्रदर्शनमा तनावपूर्ण बनेको छ । प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाइ फायर समेत गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र उलघंन गर्दै प्रदर्शन गरेका छन । आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गरेका छन् ।
पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेपछि प्रहरी आक्रामक बनेको हो । निषेधाज्ञा उलंघन भएपछि अश्रुग्याँस प्रहार गरिएको थियो । प्रहरीले केही राउण्ड हवाइ फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन् ।
प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने तय भएको थियो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अशोक चेम्जोङले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको बताए ।
तस्बिरहरु : प्रवेश बिष्ट/पूर्वेलीप्रेस
