Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका यी क्षेत्रमा आजबाट अनिश्चितकालीन निषेधाज्ञा



विराटनगर : कोशी प्रदेशको नामकरणको विरोध जनाउँदै असहमत पक्षले आन्दोलन घोषणा गरेपछि विराटनगरका विभिन्न स्थानमा आजबाट अनिश्चितकालीन निषेधित क्षेत्र तोकिएको छ ।

आज बिहान ६ बजेबाट लागु हुने गरी जिल्ला सुरक्षा समितिले अर्को आदेश नभएसम्मका लागि विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र तोकेको हो ।

कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरूले आइतबार वृहत प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो ।

निषेधित क्षेत्रमा विरोध, धर्ना, जुलुस जस्ता क्रियाकलाप गर्न मनाही गरिएको छ । प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार