Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट गोल्डकपमा दुई भारतीयसहित ८ टिमले सहभागी जनाउने



विराटनगर : चैत ९ गतेबाट हुने छैटौँ संस्करणको विराट गोल्टकपमा ८ टिमले सहभागिता जनाउने भएका छन् । विराटनगरस्थि सहिद रंगशालामा चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमले सहभागी जनाउने गोल्डकपका कार्यकारी निर्देशक सुवाशिष कोइरालाले जानकारी दिए ।

प्रतियोगितामा साविक विजेता एपिएफ क्लबसहित त्रिभुवन आर्मी र नेपाल पुलिसको पनि सहभागीता रहने छ । घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लब, संकटा क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यस्तै दुई भारतीय क्लबले पनि गोल्डकपमा सहभागिता जानउने कोइरालाले जानकारी दिए । उनका अनुसार दिल्ली एफसी र लुका सकर क्लब प्रतियोगितामा सहधागी हुनेछन् ।

पुरस्कार राशी बढाउने
गोल्डकप विजेताले अघिल्लो संस्करणको भन्दा बढी पुरस्कार पाउने छन् । गत संस्करणको उपाधि विजेताले नगद १५ लाख १५ हजार र उपविजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।

यो सिजनमा भने विजेताले अघिल्लो संस्करणको भन्दा ५ लाख बढी पाउने आयोजकले जनाएको छ । यस सिजनमा विजेताले कम्तिमा २० लाख र उप विजेताले १० लाख नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार