Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पिएनजीमाथि नेपालकाे सानदार जित, विश्वकप छनाेटकाे लागि एक स्टेप बाँकी



काठमाडौँ : आइसीसी विश्वकप लिग- २ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले पपुवा न्युगिनीमाथि सानदार जित हात पारेको छ। कीर्तिपूरस्थित त्रिवि मैदानमा भएकाे खेलमा नेपालले पपुवा न्युगिनीमाथि ९ विकेटकाे जित निकालेकाे हाे।

लिग टूको आफ्नो ३५ औं खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको छ । पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो ।

नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक ९ विकेटको जित हात पारेको हो ।

उक्त जितसँगै नेपालले ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहिबार खेल्नेछ । यो खेल जितेको खण्डमा नेपालले सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार