Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्थानीयद्वारा विराटनगरको जामुनगाछी सडक अवरुद्ध



सडकमा ढाट लगाउँदै जामुनगाछीका स्थानीय / तस्बिर : पूर्वेलीप्रेस

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरको जामुनगाछीहुँदै सुनसरी जाने सडक निर्माण सुरु नभएपछि स्थानीयले बाटो अवरुद्ध गरेका छन् । सडक मर्मतको माग राख्दै स्थानीयले आइतबार सडक अवरुद्ध गरेका हुन् ।

उनीहरुले नहरमा ढाट लगाएर सडक अवरुद्ध गरेका छन् । बर्खायाममा हिलो र अन्य समयमा समेत धुलोले समस्या गरिरहेपछि सडक अवरुद्ध गरिएको स्थानीय भविस पौडेलले बताए ।

धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको स्थानीयहरुको भनाइ छ । सडकमा खाल्डाखुल्डी पनि अत्याधिक छन् ।

सडक अवरुद्ध गरेपछि यो ठाउँबाट दैनिक आवतजावत गर्ने सवारीसाधनका यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् । यो सडकमा दैनिक मोटरसाइकल र विशेषगरी विद्यालयका बसहरू चल्ने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार