Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरको एक कृषि र्फममा आगलागी हुँदा ४४ लाखको क्षति



विराटनगर : उदयपुरको रौतामाई गाउँपालिका–५ डुडेस्थित एक कृषि र्फममा आगलागी हुँदा ४४ लाख बराबरको क्षति भएको छ ।

शुक्रबार बिहान बिद्युत सट भई आगलागी हुँदा मानबहादुर कटुवालले सञ्चालन गरेको रौता राकुली कृषि तथा पशुपन्छी फर्ममा रहेका बोयर जातका ३० वटासहित १ सय १० वटा खसीबाख्रा जलेको प्रहरीले जनाएको छ ।

आगलागीमा करिब ४४ लाख ६ हजार रुपैयाँको क्षति भएको प्रहरी नायब उपरीक्षक पोदारले बताए ।

आगलागीमा परी २४ लाख बराबरको खसीबाख्रा तथा फर्मको २० लाख क्षती भएको प्रहरीले जनाएको छ ।

फर्ममा रहेका बोयर जातको बाख्रा ३० ओटा, बोका ११ वटा, जमुनापारी बाख्रा १६ ओटा, बोका ५ ओटा, पाठापाठी ८ ओटा, लोकल बाख्रा १८ र २२ ओटा खसी जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार