Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरी गोल्डकप चैत ४ देखि, विजेताले १० लाख पाउने



विराटनगर : चैत ४ गतेदेखि १३ औ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल सुरु हुने भएको छ । राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकप चैत ११ गतेसम्म चल्ने छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा ८ टिमले सहभागीता जनाउनेछन् ।

प्रगियोगिताका संयोजक अनुरोध थापाका अनुसार प्रतियोगिताका सबै खेलहरु इटहरी रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउने थापाले जानकारी दिए ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउनेछन् ।

आयोजकका अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, चर्ज ब्वाइज, मछिन्द्र क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, रोलिङ क्लब झापा, डिफेन्डिङ च्याम्पियन सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबले सहभागी जनाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार