Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस



काठमाडौं : आज ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रको आयोजना गर्दै मनाइदै छ। हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो।

नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन्।

महिला दिवसको अवसरमा आज सरकाले सार्वजनिक बिदा समेत दिएको छ।

विषयवस्तु सुहाउँदिलो भएकाले माथिको स्केच नागरिक दैनिकबाट लिइएको हो – सम्पादक 

प्रतिक्रिया
सम्बन्धित समाचार