विराटनगर : मोरङको रंगेलीमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बलात्कारको आरोपमा रंगेली नगरपालिका ७ का ३२ वर्षीय भरत मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डल नेपाली कांग्रेस रंगेली नगरसमितिका सभापति जगन्नाथ मण्डलका छोरा हुन् ।
आइतबार राति बिहेमा गएर घर फर्कदै गरेकी युवतीलाई उनले एक्लै भएको मौका छोपेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
मण्डललाई सोमबार बिहान इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायक उपरीक्षक टिकाबहादुर कार्कीका अनुसार अहिले मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको छ ।