Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा श्रीमानश्रीमती मिलेर छिमेकी बालकको हत्या



विराटनगर : मोरङको सुनवर्षीमा श्रीमानश्रीमती मिलेर छिमेकी बालकको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका १ का १४ वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले उहीहरुलाई पक्राउ गरेको हो।

स्थानीय डिल्ली बहादुर माझीको १४ वर्षीय छोरा विशाल माझीको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय वीरेन्द्र पास्वान र उनकी ३४ वर्षीया श्रीमती डल्ली पासवानलाई पक्राउ गरेको छ ।

गत फागुन ११ गते बेलुका घरबाट निस्किएका ती बालक अबेरसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा स्थानीय पोखरीको डिलमा हत्या गरी गाडेको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रङ्गेलीको प्रहरी टोली उक्त स्थानमा गएर उत्खनन गर्दा बालकको शव फेला परेको थियो।

हत्या गरेर पोखरीको डिलमा गाडेको अवस्थामा बालकको हव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा पासवान दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार