विराटनगर : प्रहरीले मोरङको विराटनगरबाट स्रोत नखुलेको ७ लाख भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ बाट बुधबार राति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत हरियाणाका ३४ वर्षीय सुरेन्द्र कुमार र ३० वर्षीया सन्नी गुप्ता रहेका छन् ।
उनीहरुको साथबाट ७ लाख २० हजार भारतीय रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।