विराटनगर : प्रदेश १ को नामकरण पहिचानका आधारमा हुनुपर्ने भन्दै प्रदेशसभा सचिवालय नजिक प्रदर्शन भएको छ ।
प्रदेशको नाम कोसी हुने लगभग निश्चित भएपछि लिम्बुवान , किरांत संयुक्त संघर्ष समितिले विराटनगरको देवकोटा चोकमा पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् ।
प्रदेशको नाम कोसी राख्न गरिएको प्रस्तावमाथि अहिले सभामा छलफल चलिरहेको छ ।