Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोसी नाममा दिएको समर्थनबाट कांग्रेस ‘ब्याक’



विराटनगर : नेपाली कांग्रेसले प्रदेश १ को नाम कोसी राख्न दिएको समर्थनबाट ‘ब्याक’ भएको छ ।

यसअघि नेकपा एमालेले प्रदेशको नाम कोसी राख्न गरेको प्रस्तावका नेपाली कांग्रेसले समर्थन गरेको थियोे ।

एमाले सांसद राम मगरले गरेको प्रस्तावमा कांग्रेसका  भूमिप्रसाद राजवंशीले समर्थन गरेका थिए ।

कांग्रेस संसदीय दलले समर्थन फिर्ता लिएको प्रदेशसभा सचिवालयमा निवेदन दिएको छ ।

कांग्रेस स्रोतका अनुसार माओवादी केन्द्रले कोसीमा मतदान गर्ने भनेर समर्थक नबसेपछि कांग्रेस ब्याक भएको हो । माओवादी भने कोसीमै मतदान गर्ने पक्षमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार