Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो



बर्दिया । यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ । शनिबार अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो ।

एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए । थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार