Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारमा रहँदाको अनुभव सुनाउँदै लिङ्देनले भने: देश बनाउन सकिने रहेछ



विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउन सकिने र बन्ने बताएका छन् । छोटो समय सरकारमा रहँदाको अनुभव स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्व उपप्रधान तथा उर्जामन्त्री लिङ्देनले कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको बताए । देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा परेको उनले बताए ।

उनले यस्तो लेखेका छन् ।

छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहर……,
● कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ।
● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ।
● नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ।
● देश बनाउन नसकीने र नबन्ने रहेनछ।
बनाउन सकिन्छ र बन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार